१४ अंकले बढेर नेप्से २५२८.९५ विन्दुमा, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक शेयर खरीदविक्री

१४ अंकले बढेर नेप्से २५२८.९५ विन्दुमा, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक शेयर खरीदविक्री


बैकिङ्ग समाचार ।

साताको तेस्रो दिन नेप्से परिसूचक मंगलवार अघिल्लो दिनको तुलनामा  शून्य दशमलव ५८ प्रतिशत अर्थात् १४ दशमलव ५७ अंकले बढेको छ ।  
मंगलवारको कारोबारमा नेप्से परिसूचक २ हजार ५२८ दशमलव ९५ विन्दुमा पुगेको हो । यस दिनको कारोबारमा २०८ ओटा कम्पनीको १ करोड २ लाख ७६ हजार ७१० कित्ता शेयरको ६१ हजार ४२२ पटकमा रू. ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ बराबरको शेयर खरीदविक्री भएको छ ।

यसदिन सर्वाधिक कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । कम्पनीको रू. ५२ करोड ६० लाख ९४ हजार बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी सबैभन्दा बढी अर्थात् साल्ट ट्रेडिङ कर्पोरशनको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ ।

उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ११ हजार ५५० पुगेको हो । दोस्रोमा चन्द्रागिरी हिल्सको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता रू. १ हजार ७१९ पुगेको छ ।

त्यसैगरी सबैभन्दा बढी पन्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर मूल्य ४ दशमलव १५ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १८५ मा झरेको हो ।  दोस्रोमा सप्तकोशी डेभलपमेण्ट बैंकको शेयर मूल्य ३ दशमलव ६१ प्रतिशतले घटेको छ । 

कारोबारमा आएका १३ ओटा समूहमध्ये सबैभन्दा बढी व्यापार समूहको परिसूचक ९ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ । साल्ट टे«ेडिङको शेयर मूल्य बढेसँगै व्यापार समूहको परिसूचक बढेको हो ।

दोस्रोमा जलविद्युत् समूहको परिसूचक ५ दशमलव ८४ प्रतिशत, होटल एण्ड टुरिजम समूहको परिसूचक ४ दशमलव ९७ प्रतिशत, निर्जीवन बीमा समूहको परिसूचक १ दशमलव ३८ प्रतिशत, लघुवित्त समूहको परिसूचक १ दशमलव ५४ प्रतिशत,लगानी समूहको परिसूचक १ दशमलव शून्य ६ प्रतिशत र म्युचुअल फण्डको परिसूचक शून्य दशमलव १८ प्रतिशतले वृद्धि भएको छ । 

त्यसो त बैंकिङसमूहको परिसूचक शून्य दशमलव ३८ प्रतिशत,विकास बैंक समूहको परिसूचक शून्य दशमलव २४ प्रतिशत, वित्त समूहको परिसूचक शून्य दशमलव ४१ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ७६ प्रतिशत,अन्य समूहको परिसूचक शून्य दशमलव ५८ प्रतिशत र जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ५८ प्रतिशतले घटेको छ ।

सोमवार बजार घटेको थियो भने मंगलवार पुन खरीदर्ता सक्रिय हुँदा बजार बढेको हो । सोमवार बजार २४ अंकले घटेको थियो । पछिल्लो समय बजारमा अल्पकालिन लगानीकर्ताले प्रोफिट बुक गरी पुन शेयर खरीद गर्न थालेको पाइएको छ ।