मर्जरपछि सिटिजन्स बैंक र तिनाउ मिसन विकास बैंकको बैंकको एकिकृत कारोबार मिति तय

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि चैत्र १४ गतेबाट एकिकृत वित्तीय कारोबार सुरु गर्ने भएको छ ।

दुवै कम्पनीको माघ १५ गते बसेको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले चैत्र ९ गते मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएपछि सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट चैत्र १४ देखि एकिकृत वित्तीय कारोबार सुरु गर्न लागेको हो ।एकिकृत कारोबारको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले चैत्र १३ गते ३ बजेद्केही चैत्र १४ गतेसम्म दुवै संस्थाले  प्रदान गर्दै आएका सम्पूर्ण सेवाहरु बन्द रहने छन् । 

 दुवै बैंकले गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । २०७७ साल पौष २२ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२४ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०२ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा  हुनेछ । 

सहमति अनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी  ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।