नेपाल इन्भेष्टमेन्ट जाँदै हुनुहुन्छ ? हात धोएर मात्रै जानुहोस् 

नेपाल इन्भेष्टमेन्ट जाँदै हुनुहुन्छ ? हात धोएर मात्रै जानुहोस् 


बैंकिङ्ग समाचार ।  

नेपाल इन्भेष्टमेन्ट बैंकले  कोरोना भाइरस  रोकथामसम्बन्धी उपायहरू अबलम्बन गर्न सुरु गरेको जनाएको छ । बैंकले बैंकिङ सेवा लिन आउने ग्राहकहरुको सुरक्षाका लागि कार्यालय परिसरको प्रवेश र निकासद्धारमा  सेनिटाइजर राखेको जनाएको हो । 

बैंकले सबै ग्राहकहरुलाई कार्यालय प्रवेस गर्दा उपलब्ध गराइएको सेनिटाइजर प्रयोग गरी भाइरस प्रभावित हुनबाट सतर्क रहन अनुरोध गरेको छ । बैंकले बच्ने उपायहरु उल्लेख गरिएको सुचना कार्यालय परिसरको प्रवेश र निकासद्धार टासिएको समेत जनाएको छ ।

बैंकले  विश्व स्वास्थ्य संगठनद्वारा गरिएका सिफारिस र सुरक्षा उपायहरूलाई ध्यानमा राखी नेपाल सरकारले जारी गर्ने सुरक्षा र रोकथामसम्बन्धी निर्देशनहरूको पालना गर्न सबैलाई आग्रह गरेको छ ।