बैकिङ्ग समाचार ।
उन्नति सहकार्य लघुवित्त (USLB) ले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले चैत्र ३१ गते मंगलबार आह्वान गरेको साधारण सभामा लाभांश अनुमोदनका साथै एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव समावेश रहेको छ ।
रुपन्देहीको होटेल पौवामा बिहान साढे १० बजे आह्वान गरिएको साधारण सभामासंस्थापक र सर्बसाधारण शेयरधनीको हिस्सा ७०ः३० कायम गर्न १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार २८० कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
सभाले सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २ करोड ६६ लाख ३३ हजार ५६ रुपैयाँ ३८ पैसा बराबरको बोनस शेयर (चुक्ता पुँजी चुक्ता पूँजी १४ करोड ९५ लाख ३६ हजार ६५० रुपैयाँको १७.८१०३८७२१ प्रतिशत) अनुमोदन गर्नेछ ।
यसैगरी सभाले एफपीओपछि कायम हुने चुक्ता पूँजी १८ करोड ९८ लाख ९७ हजार ७०६ रुपैयाँ र अधिकृत पूँजी ३८ करोड कायम गर्ने र सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने भएको छ ।
प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियामक निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, उन्नति र सहकार्य लघुवित्तीबीच मर्जरपश्चात भएको कारोबार अनुमोदन गर्ने र भविष्यमा अन्य संस्थासँग गाभ्ने।गाभिने वा प्राप्ती हुन जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।
सभाले संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहको तर्फमा लघुवित्तमा प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका पनि सभामा रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले चैत्र १८ गते बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार चैत्र १७ गते मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम हुन आउने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै मात्र सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।
प्रतिक्रिया