नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा राम बहादुर मानन्धर चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा राम बहादुर मानन्धर चयन


बैकिङ्ग समाचार ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा सर्वसम्मत रुपमा रामबहादुर मानन्धर चयन भएका छन् । 

कम्पनीको संञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।  आइतवार नै उनलाई  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले  पद तथा गोपनियताको सपथ  खुवाएकी हुन् ।

तत्कालीन अध्यक्ष नरेश शाक्यको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भए पश्चात मानन्धरले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गरेका हुन् ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक/ एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।