काठमाडौं- माउन्टेन इनर्जी नेपाल लिमिटेडलेको नाफा घटेको छ । आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै विद्युत उत्पादनबाट हुने आम्दानी घटेपछि हाइड्रोको नाफा पनि घटेको कम्पनीले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफा घटेको विवरणमा उल्लेख छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ३५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ३५ करोड ५८ लाख रुपैयाँ रहेको थियो । यही अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ७३ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत व्यापारबाट ७४ करोड ४० लाख रुपैयाँ आम्दनी गरेको थियो ।



About Us
प्रतिक्रिया