काठमाडौं – विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका सात जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।अपराध नियन्त्रण, कानुन कार्यान्वयन तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले परिचालित प्रहरी टोलीले खोजतलासका क्रममा सात जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
कोशी प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीका तीन जना, झापाका दुई जना र मोरङका दुई जना रहेका छन्। पक्राउ परेका प्रतिवादीबाट अदालतले तोकेको ९ वर्ष १० महिना ५ दिन कैद सजाय तथा ३५ हजार ७ सय रुपैयाँ जरिवाना असुल उपर भएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया