शेयर बजारमा पहिरो, लघुवित्त उपसमूह १४८ अंकले घट्यो

शेयर बजारमा पहिरो, लघुवित्त उपसमूह १४८ अंकले घट्यो


बैंकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकले लघुवित्तले वितरण गर्ने लाभांशमा कडाई गरेसँगै त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको छ ।

बुधबार सेयर बजारमा कारोबार हुने ११ उपसमूहहरु मध्ये सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूह ओरालो लागेको छ । पुरै बजार ६८ अंकले घट्दा माइक्रोफाइनान्स १४८.२५ अंकले ओरालो लागेको छ ।

मंगलबारको तुलनामा ६.१६ प्रतिशले लघुवित्तको सेयर घटेको हो । माइझोफाइनान्स पछि धेरै घट्नेमा जीवन तथा निर्जिवन बीमा उपसमूह देखिएको छ । निर्जिवन बीमा उपसमूह ६.१ प्रतिशतले घटेको छ भने जीवन बीमा उपसमूह ५.२१ प्रतिशतले घटेको छ ।

सोमबार अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा अंकुश लगाएको थियो । लघुवित्त वित्तीय संस्थाहरुले गर्ने लाभांश (नगद वा बोनस शेयर) वितरण सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरी वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिने छ’ अर्धवार्षिक समिक्षामा भनिएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक भने ६८.४७ अंकले ओरालो लागेर १ हजार ४ सय ४१.२० अंकमा झरको छ ।

कारोबार रकममा समेत बुधबार खासै उल्लास देखिएन । दिनभर भएका २९ हजार २ सय ३१ कारोबारबाट ६७ लाख ७१ हजार १ सय ४१ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २ अर्ब ९० करोड ८४ लाख रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।