निर्धन उत्थानको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

निर्धन उत्थानको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा


बैकिङ्ग समाचार ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १ लाख ८ हजार ५४२ कित्ता संस्थापक शेयर बिक्रीमा आउने भएको छ ।  सर्वसाधारणका लागि जारी गरिएको उक्त शेयरमा इच्छुक लगानीकर्ताले चैत्र १८ गते देखि बोलकबोल मार्फत आवेदन पेश गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० तोकिएकाले उक्त मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्ने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

शेयर खरीदका लागि न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी संघ संस्थाहरुले २०७८ बैशाख २१ गते भित्र आवेदन पेश गरिसक्नु पर्नेछ ।