काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सको नाफा २.७ प्रतिशत बढेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा बढेको जनाएको हो
उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुस मसान्त)सम्म १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा यस्तो नाफा १२ करोड ३ लाख रुपैयाँ थियो । यही अवधिमा कम्पनीले प्रिमियमवापत कुल २ अर्ब ७३ करोड रुपैयाँ संकलन गरेको छ । गत वर्ष यस अवधिमा प्रिमियम रकम २ अर्ब ६६ करोड रुपैयाँ थियो ।



About Us
प्रतिक्रिया