मिर्मिरे लघुवित्तको शेयरमूल्य समायोजन

मिर्मिरे लघुवित्तको शेयरमूल्य समायोजन


बैकिङ्ग समाचार । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले ९ दशमलव २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ३७१ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ४९७ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले ९ दशमलव २० प्रतिशत बोनस शेयर र शून्य दशमलव ४८ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न चैत १८ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ३९ करोड ६१ लाख ४६ हजार रहेको छ । सोही आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।