काठमाडौं– निलगिरी खोला हाईड्रोपावर कम्पनी लिमिटेड आईपीओ निष्कासन गर्ने भएको छ । फागुन ४ गते साधारण सभा आवह्वान गर्दै कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव अघि सारेको हो । सभाद्वारा कम्पनीले आईपीओ निष्कासन तथा जारी गर्ने पूँजीको सर्वसाधारणलाई छुट्टाइने सेयर प्रतिशत संशोधन गरी पारित गर्ने एजेण्डा बनाएको छ ।
उक्त सभामा कम्पनीको संशोधन गरिने जारी पूँजीबाट सर्वसाधारणलाई छुट्टाइएको १२ प्रतिशत सेयर बाहेकको १२ लाख कित्ता सेयर १०० रुपैंयाका दरले कम्पनीका कर्मचारी तथा योजना निर्माणमा सहयोग गर्नेहरुलाई आवश्यक प्रक्रिया गरी बिक्री गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।



About Us
प्रतिक्रिया