नेपाल बैंकको २०५औं शाखा दैलेखको नारायण नगरपालिकामा

नेपाल बैंकको २०५औं शाखा दैलेखको नारायण नगरपालिकामा


बैकिङ्ग समाचार ।

नेपाल बैंक लिमिटेडले आफ्नो २०५औ शाखा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । चैत्र ४ गते बुधवार बैंक सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्न बहादुर खड्काले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरिएको हो । 

उक्त समाहरोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा मधुकुमार मरासिनीले दैलेख जिल्लामा प्रतिस्र्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ सेवा दिने गरि दैलेखबासीलाई समृद्ध बनाउन भुमिका खेल्ने धाराण राखे । सो कार्यक्रममा नगरप्रमुख रत्न बहादुर खड्काले विगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई दैलेखबासीले स्मरण गरिरहेको बताए ।
अहिले सञ्चालनमा आएको दैलेख शाखाबाट स्थानीयबासीले दिगो बैंकिङको अपेक्ष रहेको धारण राखे । बैंकको बिशिष्ट प्रकृतिका  प्रडक्टहरू रहेका र सोलाई प्रयोग गरि बैंकसँग साझेदारी गर्न दैखेलबासीलाई आग्रक गरे । उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख बाबुराम काफ्ले र उद्योग वाणिज्य संघका अध्यक्ष कुल बहादुर विकको उपस्थिति रहेको थियो ।