एनआईसी एशिया बैंकद्धारा विद्यालयलाई ३ लाख सहयोग 

एनआईसी एशिया बैंकद्धारा विद्यालयलाई ३ लाख सहयोग 


बैंकिङ्ग समाचार ।

एनआईसी एशिया बैंकले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रुपयाँ सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । 

बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५७ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा सञ्चालन गर्दै आइरहेको छ ।