कर्जाको ब्याजदर सिङ्गल डिजिटमा आउनसक्छः गभर्नर अधिकारी


काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिङ्गल डिजिटमा आउने बताएका छन्।बुधवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सबको अवसरमा बोल्दै यस्तो बताएका हुन् । गभर्नर अधिकारीले अर्थतन्त्रमा पछिल्लो समय हुँदै आएको सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको पनि बताए ।

उनले बैंकहरुले अहिले १०.२५ प्रतिशतमा कर्जा दिनुपर्ने अवस्था रहेको औल्याए। उनले राष्ट्र बैंकले आगामी दिन बैंकहरुको कर्जा प्रवाह बढ्ने अपेक्षाले केही नीतिगत दरहरु घटाएको अवस्था रहेको बताए । अर्थतन्त्रमा आएको सुधारको आधारमा राष्ट्र बैंकले लिने नीतिहरु सहज बनाउँदै गएको उनको भनाइ छ । उनले तत्कालका लागि नेपाली बैंकहरु साना–साना संकटमा अफ्ठ्यारो पर्ने अवस्थामा नभएको दावी गरे ।

अधिकारीले भने, ‘अहिलेको आर्थिक अवस्था समग्रमा राम्रोसँग सुधार भइरहेको छ । वाह्य क्षेत्रको सुधार,बैंकिङ क्षेत्रभित्र पनि रिकभरी बाहेक अन्य कुराहरुमा ठूला समस्या देखिँदैन त्यसमा पनि सुधार हुँदै गएको छ । राष्ट्रिय वाणिज्य बैंकको कोर पुँजी १० प्रतिशत भन्दा माथि छ । खराब कर्जा ३.५ प्रतिशत छ । प्रिभिजनमा कही कतै कम्पर्माईज भएको देख्दैनौं । सुपरभाइजरहरुले पनि त्यही लेभलको नियमन गरेको छ । त्यसले गर्दा बैंकको नाफामा केही असर परेको छ । बैंकको नाफा घटिरहेको अवस्था प्रोभिजनिमको कारणले हो । हाम्रो पोटेनसिलय नम्म्सहरु अलिकति कन्जरभेटिभ छन् । १.२५ प्रतिशत कर्जा दिएको दिन प्रोभिजनम गर्न लगाएका छौं । त्यति होसियारपूर्वक बैंक चलाएका छौं । विदेशमा सानो घटनाले गर्दा बैंक डुबेको घटना सुनिन्छ । हाम्रोमा ठूलो संकट पर्दा पनि बैंकहरु सञ्चालन गर्न समस्या परेको देखिँदैन । राष्ट्र बैंकले पनि यस्ता कुरालाई होसियारी पूर्वक हेरेको छ । बैंकिङ प्रणालीलाई दिगो विकास र सुरक्षित बैंकिङ प्रणालीको रुपमा विकास गर्दै गएका छौं । अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा रिकभरीमा समस्या भएपनि अन्य तथ्य र तथ्याङ्कहरुले सहयोग गरेको अवस्था छ । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । अर्थतन्त्रमा भएको सुधारको आधारमा राष्ट्र बैंकले नीतिहरुमा सुधार गर्दै गएको छ । बैंकहरुमा तरलता अत्यन्तै राम्रो अवस्थामा छ । त्यसलाई हामी प्रयोग गर्नसक्छौं । बैंकहरुको कर्जा माग वृद्धि हुने अपेक्षा छ । त्यहीअनुसार पोलिसी रेटहरु पनि घटाएका छौं । अधिकांश कर्जाहरु बैंकले १०.२५ भित्र दिनु पर्छ । विस्तारै वाणिज्य बैंकहरुको कर्जा सिङगल डिजिटमा जाने अवस्था आएको छ ।’ (न्युज एजेन्सी नेपाल)