नबिल बैंकले एक साथ माग्यो ८९ नयाँ कर्मचारी, कसरी दिने आवेदन ?

नबिल बैंकले एक साथ माग्यो ८९ नयाँ कर्मचारी, कसरी दिने आवेदन ?


बैकिङ्ग समाचार ।

नबिल बैंकले एक साथ ८९ नयाँ कर्मचारी माग गरेको छ । बैंकले विभिन्न प्रदेशमा गरि ३ वटा तहमा यी कर्मचारी माग गरेको हो ।

जस अनुसार बैंकले म्यानेजमेन्ट ट्रेनीमा  १५ जना, ट्रेनी एसिस्टेन्टमा ७० जना र आईटी विभागको ट्रेनी एसिस्टेन्टमा ४ जना गरि कुल ८९ कर्मचारी माग गरेको हो ।

म्यानेजमेन्ट ट्रेनीको लागि ४ सीजिपिए मध्ये कम्तिमा ३.२५ सिजिपिए हासिल गरी मास्टर्स पुरा गरेको वा फस्ट डिभिजनमा  मास्टर्स पुरा गरेको हुनु पर्ने छ ।आवेदन दिने मितिसम्म २८ वर्ष ननाघेकाले यसमा आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

त्यस्तै ट्रेनी एसिस्टेन्टको लागि दोस्रो डिभिजनमा वा ४ सीजिपिए मध्ये कम्तिमा २.५ सीजिपिए हासिल गरि ब्याचलर पुरा गरेको हुनु पर्ने छ । आवेदन दिने मितिसम्म २५ वर्ष ननाघेकाले यसमा आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

त्यस्तै आइटी विभागको ट्रेनी एसिस्टेन्टको लागि दोस्रो डिभिजनमा वा ४ सीजिपिए मध्ये कम्तिमा २.५ सीजिपिए हासिल गरि कम्प्युटर साइन्स वा इन्जिनियरिङ विषयमा ब्याचलर पुरा गरेको हुनु पर्ने छ । आवेदन दिने मितिसम्म २५ वर्ष ननाघेकाले यसमा आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

बैंकले मेरोजब मार्फत आवेदन दिन सकिने र मार्च २३ सम्म आवेदन दिई सक्नु पर्ने जनाएको छ । बैंकका अनुसार परीक्षा ३ अप्रिलमा हुने छ। 

\"\"