मेगा बैंकका ग्राहकहरुलाई फुडमाण्डूमा १५ प्रतिशत छुट, ३ सयसम्म ‘क्यासब्याक’

मेगा बैंकका ग्राहकहरुलाई फुडमाण्डूमा १५ प्रतिशत छुट, ३ सयसम्म ‘क्यासब्याक’


बैकिङ्ग समाचार ।

मेगा बैंकका  ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् । फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको संचालन गर्दै बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैंयासम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो । 

यस अभियान अन्तरगत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डूको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्नेछ ।

डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले फूडमाण्डूसँगको सहकार्यमा यो अभियान ल्याएको मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले बताए।

फूडमाण्डूसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिना झन्झट खानाका परिकार खरिद गर्न बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ । मेगा बैंकले विशेषगरी लकडाउनको समयदेखि नगदविहीन कारोबारलाई प्रबर्धन गर्दै यस्ता अफरहरु ल्याउँदै आएको छ ।