नेपाल लाइफले शेयर स्पिल्ट गर्ने प्रकृया बढायाे, प्रवन्धपत्र नियमावली संशाेधनको लागि कम्पनी रजिष्ट्रार कार्यालय पुग्याे

नेपाल लाइफले शेयर स्पिल्ट गर्ने प्रकृया बढायाे, प्रवन्धपत्र नियमावली संशाेधनको लागि कम्पनी रजिष्ट्रार कार्यालय पुग्याे

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयर  स्पिल्टको लागि भन्दै प्रवन्ध पत्र नियमावली संसोधनको लागि कम्पनी रजिष्ट्रार कार्यालय पठाएको छ। हाल प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्य रहेका कम्पनीको शेयर टुक्राउन भन्दै उसले प्रबन्ध पत्र नियमावली संसोधनको लागि पठाएको हो।

"हामीले स्पिल्ट गर्न कम्पनीको प्रवन्ध पत्र नियमावली संसोधनको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएका छौ" नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले भने।

कम्पनीले हाल कायम रहेको शेयर सङ्ख्यालाई टुक्रा पार्ने विषयको प्रस्ताव साधारण सभामा लगेको थियो। साधारण सभाको स्वीकृति पछि कम्पनीले उक्त प्रकियालाइ अघि बढाएको हो। उसले यस अघि कायम रहँदै आएको एक सय रुपैयाँ अंकित मूल्यका शेयर लाइ दुई टुक्रा पार्ने छ। यसले प्रति कित्ता मूल्य ५० रुपैयाँ कायम हुने छ भने हाल कायम रहेको शेयरको सङ्ख्या दाेब्बर हुने छ।

शेयर सङ्ख्या देाब्बर भए लगत्तै कम्पनीको यति बेला दोस्रो बजारमा चलिरहेको मूल्य समेत समायोजन हुने छ। तर कम्पनीले शेयर टुक्राउने अनुमति प्राप्त गरेपछि सूचना सहित कम्पनीले शेयर टुक्रयाउँछ । त्यसपछि मात्रै मूल्य समायोजन हुने छ।

कम्पनीले दोस्रो बजारमा शेयरको मूल्य बढ्दै गएको कारण सबैको पहुँचमा शेयर पुर्‍याउन भन्दै उसले शेयर टुक्राउन लागको जनाएको छ।