चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा संचालनमा

चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा संचालनमा


बैकिङ्ग समाचार ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैँक)ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । बैँकले चितवनकाे भरतपुर ९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो । सोमबार एक औपचारिक कार्यक्रमका बिच एनसीसी बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तिय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ ।

क्यू आर कोड हस्तान्तरण गर्दै एनसीसी बैँकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानिय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिए । साथै उनले बैँकिङ व्यवसाय व्यापारमुखि मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय संचालन गर्नुपर्ने र एनसीसी बैँकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टी रहेको उल्लेख गरे । बैँकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरुलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैँकबिचको सम्बन्धलाई दिगो बनाउन सकिने बताए ।

यस्तै बैँकका सिइओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भुमिका रहने भएकाले एनसीसी बैँकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैँकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको शुरुवात गरिएको उल्लेख गरे। शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पु¥याउने अपेक्षा सहित सम्पुर्ण व्यवसायिहरुलाई बैँकमार्फत सेवा लिन अर्यालले अनुरोध गरेका थिए ।

बैंकका ७ वटै प्रदेशमा कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै बैंकले देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरिरहेको छ ।