स्वाबलम्बन लघुवित्तको शेयर कारोबार रोक्का, २६ प्रतिशत बोनस अन्योलमा 

स्वाबलम्बन लघुवित्तको शेयर कारोबार रोक्का, २६ प्रतिशत बोनस अन्योलमा 


बैंकिङ्ग समाचार । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्वाबलम्बन लघुवित्तको कारोबार रोक्का भएको छ ।  नेप्सेले कम्पनीलाई ३ दिने स्पष्टीकरण सोध्दै कारोबार रोक्का गरेको हो । 

नेप्सेको सूचीकरण शाखाले कम्पनीको चुक्ता पुँजी वृद्धिबारे सत्य तथ्य विवरण ३ दिन भित्र पेश गर्न निर्देशन दिँदै कारोबार रोक्का गरेको हो । 

कम्पनीले आर्थिक बर्ष ७५र७६ सम्मको मुनाफाबाट १४ प्रतिशत नगद लाभांश र २६ प्रतिशत बोनस शेयर गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । 

तर कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनीलाई उक्त बोनस वितरण गरी पुँजी बढाउने योजना रोक्न निर्देशन दिएको छ  ।

यस संगै लगानीकर्ताले उक्त बोनस पाउने कि नपाउने भन्नेमा अन्योल भएको र लगानीकर्ताको हित विपरित काम भएको भन्दै नेप्सेले कारोबार रोकेर स्पष्टीकरण माग गरेको हो  । 

 हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ८८ लाख रहेको छ । 

\"\"