सूर्योदय लघुवित्तको लाभांश घोषणा

सूर्योदय लघुवित्तको लाभांश घोषणा


बैकिङ्ग समाचार ।

सुर्योदय लघुवित्तले लाभांश घोषणा गरेको छ ।  कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १६.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पजीको १५.३४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८० प्रतिशत नगद प्रस्ताव गरेको छ ।

जस अनुसार ३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर १७ लाख ३६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २१ करोड ५० लाख ४२ हजार ९ सय २५ रुपैयाँ रहेको छ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।