सिटिजन्स बैंकका ग्राहकलाई हेरिटेज होटेलमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई हेरिटेज होटेलमा विशेष छुट


बैंकिङ्ग समाचार । 

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले हेरिटेज होटेल स्विट एण्ड स्पाको सेवामा छुट पाउने भएका छन् । बैंक र होटेलबीच भएको सम्झौतासंगै बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले होटेलको सेवामा छुट पाउँने भएका हुन् ।

बैंकले ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिँदै आईरहेको छ ।