बैकिङ्ग समाचार ।
ग्रीन डेभलपमेन्ट बैंकले लाभांश पारित गर्न आठौं वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको फागुन २८ गते बसेको बैठकले चैत २८ गते वार्षिक साधारण सभा बोलाउने निणर्य गरेको हो ।
बैंकले चुक्ता पूँजीको एक प्रतिशत हुन आउने ५० लाख रुपैयाँ बराबरको बोनस शेयर,आर्थिक वर्ष २०७६/७७ सम्मको वित्तरण योग्य मुनाफाबाट चुक्ता पूँजीको २.८० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ र कर प्रयोजनको लागि ०.२० प्रतिशतले हुन आउने १० लाख रुपैयाँ नगद गरी कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
साधारण सभा प्रयोजनको लागि बैंकले चैत ७ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार चैत ५ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकको लाभांश पाउने छन् ।
प्रतिक्रिया