नारायणी डेभलपमेण्ट बैंकले अवितरित हकप्रद शेयर सोमबारदेखि

नारायणी डेभलपमेण्ट बैंकले अवितरित हकप्रद शेयर सोमबारदेखि


बैकिङ्ग समाचार ।

नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले चैत २ गते (सोमबार ) देखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ ।

बैंकले गत माघ १३ देखि फागुन ३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको ६ हजार ५८३ कित्ता र संस्थापकतर्फको १५ हजार ९७४ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । यो शेयर खरिदका लागि चैत १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
 
उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंक लिमिटेडको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरका शाखा कार्यालयमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।