महुली लघुवित्तले एफपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

महुली लघुवित्तले एफपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान


बैकिङ्ग समाचार ।

महुली लघुवित्तले प्रिमियम मूल्यमा एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले साधारणसभा मिति र सभामा  पेश हुने प्रस्ताव तय गरेको हो । कम्पनीले चैत्र २५ गते सप्तरी स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । 

जस अनुसार कम्पनीले सभामा प्रिमियममा एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव लैजाने निर्णय गरेको हो । त्यस्तै सभामा  कम्पनीको प्रबन्धपत्र र नियमावली आवश्य संशोधन गर्ने, नियामक निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने, गाभ्ने वा गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने, संस्थाको केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने लगायतका विशेष प्रस्ताव पेश हुने छन् ।

सभामा लाभांश प्रस्ताव पनि पेश हुने छ । कम्पनीले वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतल हुन आउने ३ करोड ७३ लाख २४ हजार बराबरको बोनस शेयर र १.०५  प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५ सय १० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रहेको छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखापरीक्षक प्रतिवेदन पेश गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, र संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । चैत्र ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।