ज्योति विकास बैंकले ऋणपत्र विक्रीका लागि धितोपत्र बोर्डमा दियो निवेदन

ज्योति विकास बैंकले ऋणपत्र विक्रीका लागि धितोपत्र बोर्डमा दियो निवेदन


बैकिङ्ग समाचार ।

ज्योति विकास बैंक लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । 

कम्पनीले उक्त ऋणपत्र विक्रीका लागि फागुन ११ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । वार्षिक ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको उक्त ऋणपत्र विसं २०८७ सालमा परिपक्व हुनेछ ।

कुल कित्तामध्ये कम्पनीले ९ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने ६ लाख कित्ता भने सर्वसाधारण विक्री गर्नेछ । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको मध्येबाट ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नेछ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।