बैकिङ्ग समाचार ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिवार १२ औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्न लागेको हो । सभाले आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांश पारित गर्नेछ ।
यस वर्ष कम्पनीले १२ दशमलव ३९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल कायम कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ५९ लाख ३७ हजारको आधारमा उक्त लाभांश दिन लागेको हो ।
सभाले अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने भएमा सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ देखि फागुन २८ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
प्रतिक्रिया