नेप्सेमा २ ओटा लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन

नेप्सेमा २ ओटा लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार २ ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले सबैको लघुवित्त वित्तीय संस्था र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको हो । 

यी २ ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले सबैको लघुवित्तको १० दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. १ हजार २२९ तोकेको छ । नेप्सेले अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार ३५८ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

सबैको लघुवित्तले यस वर्ष १० दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत १४ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, नेप्सेले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. १ हजार ६६५ तोकेको छ । नेप्सेले अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार ९८२ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

स्वाबलम्बन लघुवित्तले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत ११ गते १९औँ वार्षिक साधारण सभा आयोजना गरेको छ ।