युनाइटेड इदी मर्दीको साधारणसभा आह्वान

युनाइटेड इदी मर्दीको साधारणसभा आह्वान

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २० गते शुक्रबार पोखराको होटेल शंग्रिला भिलेजमा आर्थिक वर्ष ७६/७७ को सभा आह्वान गरेको हो ।

सभामा अध्यक्षको वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, र संचालक समितिमा सर्बसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने साधारण प्रस्ताव पेश हुने छन् । 

त्यस्तै सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र नियामक निकायबाट थप निर्देशन भई आएमा सोहि अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ६ गते बुक क्लोज गर्ने न्रिने गरेको छ । चैत्र ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।