नेप्सेमा सामान्य अंकको गिरावट, ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

नेप्सेमा सामान्य अंकको गिरावट, ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि


बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ३.४० अंकले घटेर दुई हजार चार सय ५८ दशमलब ४८ विन्दुमा थामिएको छ ।   

नेप्सेका अनुसार आज ४ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये ७ वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।   

बजार घटेपनि छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो पावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, नेपाल इन्फाइन्ट्रक्चर डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।

साताको अन्तिम कारोबार दिन बुधवार तीन ओटा कम्पनीको शेयर मूल्य ४ प्रतिशतका दरले घटेको छ ।

 रैराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य ४ दशमलव ६० प्रतिशत, मिथिला लघुवित्तको शेयर मूल्य ४ दशमलव १५ प्रतिशत र शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ४ प्रतिशतले घटेको हो ।

ती तीन ओटै कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । रैराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य मंगलवार ९ प्रतिशतका दरले वृद्धि भएको थियो । कम्पनीको शेयर मूल्य बढेसँगै प्रोफिट बुक गर्ने सक्रिय हुँदा घटेको हो । प्रतिकित्ता शेयर मूल्य रू. ३३२ मा कायम भएको छ ।

त्यसैगरी मिथिला लघुवित्तले पनि मंगलवार लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै  शेयर मूल्य वृद्धि भएको थियो । उक्त कम्पनीको शेयरमा पनि लगानीकर्ताले प्रोफिट बुक गर्न लागेसँगै शेयर मूल्य घटेको देखिन्छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५२५ कायम भएको हो । 

शिखर इन्स्योरेन्स कम्पनीको २७ दशमलव ७६९ प्रतिशत बोनस शेयर समायोजन पछि मूल्य रू. २ हजार ५२ कायम भएको थियो । कम्पनीको शेयर मूल्य ८२ रुपैयाँले घटेर प्रतिकित्ता रू. १ हजार ९७० मा झरेको छ । समग्रमा बजार घटेसँगै विक्री चाप बढी भएपछि शेयर मूल्य घटेको देखिन्छ ।