सुनको भाउ ऐतिहासिक उचाईमा, डलरको पनि बढ्यो

सुनको भाउ ऐतिहासिक उचाईमा, डलरको पनि बढ्यो


बैंकिङ्ग समाचार । 
सुनको भाउमा पुनः ऐतिहासिक रेकर्ड कायम भएको छ। यसअघि फागनु १२ गते सोमबार ८० हजार ३०० रुपैयाँमा कारोबार गरेर रेकर्ड कायम भएकोमा फागुन २१ गते सो बिन्दुलाई समेत तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २१ गते बुधबार एकैदिन सुनको मूल्यमा प्रतितोला २ हजार २०० रुपैयाँले वृद्धि भएको हो। यस्तै चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ।

यसअनुसार बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८० हजार ३०० रुपैयाँ पुगेको टछ भने तेजावी सुनको भाउ प्रतितोला ८० हजार ३०० रुपैयाँ तोकिएको छ। चाँदीको भाउ प्रतितोला ८८० रुपैयाँमा छ।

विश्वमा फैलिएको कोरोना भाईरसका कारण सुनको मूल्यमा ऐतिहासिक उचाईमा चुमेको हो। फागुन २० गते मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ७८ हजार ३०० रुपैयाँ तथा तेजावी सुनको भाउ प्रतितोला ७८ हजार रुपैयाँ तोकिएको थियो। यस्तै चाँदीको प्रतितोला ८६० रुपैयाँमा कारोबार भएको थियो।