प्रभु अस्पतालमा कुमारी बैंकका ग्राहकलाई २० प्रतिशत छुट

प्रभु अस्पतालमा कुमारी बैंकका ग्राहकलाई २० प्रतिशत छुट

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

विरगञ्जस्थित प्रभु अस्पतालमा कुमारी बैंकका ग्राहकले २० प्रतिशत छुट पाउने भएका छन्।

कुमारी बैंक र प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको हो।

सम्झौता पत्रमा कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यलले हस्ताक्षर गरे।

सम्झौता पत्रअनुसार प्रभु अस्पतालको विभिन्न सेवा शूल्कमा २० प्रतिशत र औषधीमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन्।

हालसम्म कुमारी बैंकले १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ।