बैकिङ्ग समाचार ।
कृषि विकास बैंक र मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७६।७७ बाट शेयरधनीलाई प्रस्ताव गरी साधारण सभा मार्फत अनुमोदन गराएको बोनस वितरण गरेका छन् ।
दुबै कम्पनीले पुस २९ गते सम्पन्न गरेको साधारण सभाका लागि बुकक्लोज भएको मिति अर्थात पुस १५ गतेसम्म कायम शेयरधनीको हितग्राही खातामा साझै बोनस वितरण गरेको जनाएका छन् ।
कृषि विकास बैंक (ADBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि ०.७९ प्रतिशत नगद तथा मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले १८ प्रतिशत बोनस शेयर र कर सहित ५.५० गरी २३.५० प्रतिशत लाभांश वितरण गरेका थिए ।
बुकक्लोज मितिपछि शेयर अभौतिकीकरण गरएका शेयरधनीहरुको बोनस भने क्रमशः वितरण गर्दै जाने बताएका छन् ।
हालसम्म पनि भौतिक (कागजी) शेयर धारण गरेका शेयरधनीहरुले दुबै कम्पनीले यथाशीघ्र शेयर अभौतिकीकरण गराई बोनस शेयर प्राप्त गर्न अनुरोध गरेका छन् । यस्तै शेयरधितो बन्धक राखि कर्जा लिएका शेयरधनीले सम्बन्धीत संस्थाबाट स्वीकृतिपत्र पेश गरेपछि मात्र बोनस शेयर जम्मा गरिने उल्लेख छ ।
दुबै कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया