बैकिङ्ग समाचार ।
मिथिला लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १ करोड ४६ लाख ८ हजार ९ सय १ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१५७९ प्रतिशतले हुन आउने ७ लाख ६८ हजार ८ सय ८९ रुपैयाँ ५३ पैसा नगद लाभांश गरि कुल १२.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १७ लाख ४० हजार ८ सय ४२ रुपैयाँ रहेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
प्रतिक्रिया