अर्थ तथा सञ्चार मन्त्रीमा खतिवडा पुनः नियुक्त 

अर्थ तथा सञ्चार मन्त्रीमा खतिवडा पुनः नियुक्त 


बैंकिङ्ग समाचार ।

अथर्मन्त्रीबाट राजीनामा दिएको २४ घण्टा नपुग्दै डा.युवराज खतिवडालाई पूनः अर्थ तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन । 

राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । उनको राजीनामा मंगलबार नै स्वीकृत भएको थियो । राजीनामा दिएको भोलिपल्टै खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।

खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
\"\"