कोरोना प्रभावित मुलुकलाई विश्व बैंकले १४ खर्ब सहयोग गर्ने 

कोरोना प्रभावित मुलुकलाई विश्व बैंकले १४ खर्ब सहयोग गर्ने 


एजेन्सी, 

कारोना प्रभावित ६० भन्दा बढी देशका लागि विश्व बैंकले १४ खर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । विश्व बैंकले प्रारम्भिक सहयोग वापत तत्कालका लागि सहयोगका लागि उक्त रकम दिने घोषणा गरेको हो ।

संकटको घडीमा जुधिरहेका देशहरुले आफ्ना जनताको स्वास्थ्य सुधार गर्न सकुन भन्ने ध्येयले विश्व बैंकले त्यस्तो निर्णय गरेको जनाएको छ ।

कोरोनाका कारण विश्व अर्थतन्त्र नै समस्यामा पर्ने जोखिम बढिरहेका बेला विश्व बैंकको हालसम्म कै ठूलो प्याकेज घोषणा भएको हो ।

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले आफुहरुले सहयोग गर्नका लागि छिटो र छरितो रुपमा काम गरिरहेको बताउँदै विश्वबैंकले सक्दो सहयोग गर्ने बाचा गरे । विश्व बैंकले दिने सहयोग आईडीएबाट सस्तो ब्याजदरमा उपलब्ध गराइनेछ ।

चीनबाट फैलिएको कोरोना हालसम्म विश्वका ८० वटा देशमा फैलिइसकेको छ । हालसम्म भाइरसबाट ९० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने हालसम्म ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।