कालिका लघुवित्तको लाभांश घोषणा

कालिका लघुवित्तको लाभांश घोषणा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्त सञ्चालक समितिको फागुन २० गते बिहीबार बसेको १९७ औं बैठकले १० प्रतिशत बोनस घोषणा गरेको हो। गत वर्ष जनसेवी लघुवित्तलाई आफुमा गाभेको कालिकाले कर छुट पाएकाले कर प्रयोजनका लागि नगद लाभांश छुट्याएको छैन् ।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

लघुवित्तले गत वर्ष १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कालीकाले जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आफुमा गाभेर गत पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो।

\"\"