ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ खुल्यो, कति भर्ने ?

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ खुल्यो, कति भर्ने ?

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर ( आईपीओ) मा फागुन २१ गते शुक्रबारदेखि आवेदन खुला भएको छ ।

इन्स्योरेन्सले यसअघि २३ गते आइतबारदेखि निष्काशन गर्ने जनाएपनि पहिला तोकिएको मितिभन्दा २ दिन अगावै बिक्री खुला गरेको हो ।

धितोपत्र बोर्डले यसअघि शुक्रबारलाई 'आईपीओ डे' बनाउने अवधारणा अनुरूप सबै सार्वजनिक निष्काशनको बिक्री तथा बाँडफाँड शुक्रबार नै गर्न मातहातमा निर्देशन  दिएको थियो ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को अनलाइन सफ्ट्वेयर मेरो शेयरबाट दोस्रो बजारको शेयर कारोबारको राफसाफ समेत गर्नुपर्ने अवस्थामा आइतबार बिक्री खुला गर्दा साधारण शेयरका आवेदकको धेरै चाप आउँदा समस्या पर्न सक्ने भन्दै शेयर निष्काशनको मिति परिमार्जन गरिएको हो ।

ज्योति लाइफले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको लागेको हो ।

निष्काशनमा आउने कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको शेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

सामूहिक लगानी कोषका इकाइ र कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ । यस आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र सिडिएससीको मेरोशेयरको वेवसाइट तथा मोबाइल एप मार्फत २६ गते बुधबारसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । यद्यपी आईपीओमा १५ लाख धेरैले आवेदन गर्ने र ५ लाख ९४ हजार आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ता पाउने अवस्थामा रहने भएकाले १० कित्ताका लागि १ हजार रुपैयाँको लागि मात्र आवेदन गर्नु श्रेयकर देखिन्छ । शेयर पाउन गोलाप्रथाबाट भाग्यशाली बन्नुपर्ने र धेरै रकमको आवेदन गर्दा चाँही पाउने सम्भावना नहुने भएकाले धेरै रकमको आवेदन गरेर मात्र शेयर नपाउने भएकाले धेरै आवेदन गर्नु भनेको खातामा रहेको मौज्दात रकम रोक्का राख्नु मात्र हो ।

इन्स्योरेन्सको उक्त आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँडपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।