आइसिएफसि फाइनान्सका ग्राहकलाई साङ्ग्रिला होटलमा छुट

आइसिएफसि फाइनान्सका ग्राहकलाई साङ्ग्रिला होटलमा छुट


बैंकिङ्ग समाचार ।
आइसिएफसि फाइनान्सका ग्राहकलाई साङ्ग्रिला होटलमा छुट हुने भएको छ । फाइनान्स र होटलबीच भएको सम्झौता अनुसार फाइनान्सका खातावाला ग्राहक, डेबिट कार्ड होल्डरहरुले उक्त होटलको विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्भौतामा फाइनान्सको तर्फबाट प्रबन्धक संजय थपलिया र होटलका तर्फबाट मार्केटिङ प्रमुख साङ्गे तेन्जीङ्ग लामाले हस्ताक्षर गरेका छन् ।