महालक्ष्मी इन्स्योरेन्सद्धारा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

महालक्ष्मी इन्स्योरेन्सद्धारा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न


बैंकिङ्ग समाचार ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले धनगढीमा  सम्पत्ति शुद्धीकरण निवारण तालिम गरेको छ ।  कम्पनीले शनिवार सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गतका कर्मचारीहरुलाई तालिम सञ्चालन गरेको हो । 

कम्पनीले प्रदेश कार्यालय अन्तर्गतका ७ वटा शाखा, उपशाखामा कार्यरत २० जना भन्दा बढी  कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम दिएको जनाएको हो । 

कम्पनीका अनुुसार गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, शुद्धीकरण गर्ने क्षेत्रहरू कुन(कुन हुन, नियन्त्रण प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने, दण्ड जरीवाना कति छ आदी विषयमा विस्तृत जानकारी दिईएको हो । 

कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संसाधन विभाग प्रमुख सपना खरेलले तालिम दिएकी थिईन ।