एनआईसी एशिया बैंकले तीन कम्पनीको संस्थापक शेयर खरिदका लागि आव्हान गरेको बोलपत्र आज खोलिदै

एनआईसी एशिया बैंकले तीन कम्पनीको संस्थापक शेयर खरिदका लागि आव्हान गरेको बोलपत्र आज खोलिदै

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको तिन कम्पनीको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (शुक्रवार) खोलिने भएको छ । बैंकले माघ ८ गतेदेखि १२ गतेसम्म आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ४ लाख ३६ हजार ३६१ कित्ता, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६१ हजार २०० कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ९८ हजार ५८९ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो । 

बैंकले आरएमडिसी लघुवित्तको शेयरको हकमा न्यूनतम मूल्य प्रतिकित्ता रू. ५२३, माहुली लघुवित्तको प्रतिकित्ता रू. ८१२ र मेरो माइक्रोफाइनान्स लघुवित्तको प्रतिकित्ता रू. ४६३  तोकेको थियो । 

बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्ने व्यवस्था अनुसार बढी मूल्य अंकित गर्नेलाई प्राथमिकता दिदैं शेयर बाँडफाँट गरिनेछ । यो शेयर विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । अपरान्ह ३ः३० बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।