ज्योति लाइफको आईपीओ फागुन २३ गतेदेखि बिक्रीमा आउने

ज्योति लाइफको आईपीओ फागुन २३ गतेदेखि बिक्रीमा आउने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

ज्योति लाइफ इन्स्योरेन्सले यहि फागुन २३ गते देखि फागुन २८ गतेसम्म सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

ज्योति लाइफले प्रतिशेयर एक सय रुपैयाँ अंकित बराबरको ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशनमा ल्याउन लागेको हो ।

निष्काशनमा आउने कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको शेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

सामूहिक लगानी कोषका इकाइ र कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ । यस आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र सिडिएससीको मेरोशेयरको वेवसाइट तथा मोबाइल एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

उक्त आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँडपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।