जनरल इन्स्योरेन्स कम्पनीको अभिकर्ता तालिम सम्पन्न 

जनरल इन्स्योरेन्स कम्पनीको अभिकर्ता तालिम सम्पन्न 


बैंकिङ्ग समाचार ।

जनरल इन्स्योरेन्स कम्पनी नेपालले अभिकर्ता तालिम सम्पन्न गरेको छ । इन्स्योरेन्सले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा फाल्गुुण १५ गतेदेखि १७ गतेसम्म ३ दिने आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो । 

कम्पनीका अनुसार ३४ जना अभिकर्ताको उपस्थित रहेको उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा बिस्तृत जनाकारी दिईएको थियो ।  

तालिममा बीमा अभिकर्ताको भुमिका र निर्वाह, कृषि बाली तथा पशुपंशी बीमा र यसमा समावेश प्रावधानहरुको बारेमा समेत व्याख्या गरेको कम्पनीले जनाएको छ ।