बैंक अफ काठमाण्डुको कार्ड घोट्दा ५ सय फिर्ता 

बैंक अफ काठमाण्डुको कार्ड घोट्दा ५ सय फिर्ता 


बैंकिङ्ग समाचार ।
बैंक अफ काठमाण्डूले ‘बिओके भिसा नगद फिर्ता’ योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत भिसा डेबिट कार्ड बाहक ग्राहकले एक महिना भित्र पिओएस तथा ई कमर्स कारोबार गर्दा ५ सय रुपयाँ फिर्ता पाउने बैंकले जनाएको छ। 

यस योजनाअन्तर्गत एक महिना भित्र कम्तीमा २ वटा पिओएस कारोबार गर्दा २ सय ५० रुपयाँ नगद तथा कम्तीमा २ वटा ई कमर्स कारोबार गर्दा २ सय ५० रुपयाँ नै नगद फिर्ता पाउने बैंकले जनाएको छ । 

योजनाको फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार ५ सय रुपयाँ वा सो भन्दा बढि हुनुपर्ने बैंकले जनाएको छ । योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकलाई बैंकले अनुरोध गरेको छ । 

बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आईरहेको छ।