सामान्य अंकले बढेको बजारमा ८ अर्ब ६९ करोडभन्दा बढीको शेयर कारोबार

सामान्य अंकले बढेको बजारमा ८ अर्ब ६९ करोडभन्दा बढीको शेयर कारोबार


बैकिङ्ग समाचार ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ६६ अंकले बढेर २ हजार ६४० दशमलव ३४ विन्दुमा पुगेको छ ।

यो दिन सेन्सेटिभ इन्डेक्स भने २ दशमलव २० अंक घटेर ४७९ दशमलव ५८ विन्दुमा झरेको हो । आइतवार समग्र धितोपत्र कारोबार मापक नेप्से इन्डेक्स सामान्य अंकले उकालो लागे पनि ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने घटेको हो ।

आइतवार २०६ ओटा कम्पनीको ९१ हजार ३७८ पटकको व्यापारमा रू. ८ अर्ब ६९ करोड ७६ लाख ४९ हजार बराबरको २ करोड ४० लाख ३४ हजार ७५४ कित्ता शेयर खरीदविक्री भएको छ ।

यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल बैंकले ओगटेको छ । उक्त बैंकको रू. ६१ करोड ४२ लाख ६२ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त बैंकको शेयरमूल्य भने ४ दशमलव ७८ प्रतिशत अर्थात प्रतिकित्ता रू. २१ ले बढेर रू. ४६० कायम भएको छ ।

यो दिन बैंकिङ समूहक शून्य दशमलव ३७ प्रतिशत, वित्त शून्य दशमलव ३५ प्रतिशत, निर्जीवन बीमा शून्य दशमलव ६४ प्रतिशत, लघुवित्त १ दशमलव शून्य १ प्रतिशत र जीवन बीमा समूहको परिसूचक १ दशमलव ९६ प्रतिशतले घटेको छ । 

आइतवारको बजारबाट म्युचुअल फण्ड र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन म्युचुअल फण्ड समूहको सर्वाधिक ६ दशमलव ४ प्रतिशत र जलविद्युत् समूहको परिसूचक ४ दशमलव २९ प्रतिशत बढेको हो ।

त्यस्तै यो दिन व्यापारिकको शून्य दशमलव ५४ प्रतिशत, होटलको शून्य दशमलव ५९ प्रतिशत, विकास बैंकको १ दशमलव शून्य ७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ८ प्रतिशत र अन्यको १ दशमलव ८८ प्रतिशत परिसूचक बढेको छ ।