ज्योति लाइफले पायो ६६ करोडको आईपीओ निष्काशनको अनुमति

ज्योति लाइफले पायो ६६ करोडको आईपीओ निष्काशनको अनुमति

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड बराबरको साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ ।

धितोपत्र बोर्डले उक्त कम्पनीलाई कुल जारी पूँजीको ३० प्रतिशतले हुने ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

बोर्डको अनुमति पश्चात कम्पनीले १०० रुपैयाँ अंकित दरका ६६ लाख कित्ता साधारण जारी गर्नेछ । जसमध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डहरुलाई सुरक्षित गरेर बाँकी सर्वसाधरणमा वितरण हुनेछ ।

गत असोज १२ गते सम्पन्न कम्पनीको साधारणसभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

हाल १ अर्ब ५४ करोड चुक्तापूँजी रहेको ज्योति लाइफको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ । साथै कम्पनीमा संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा ७०ः३० कायम हुने छ।