सिन्धु विकास बैंकले यस वर्ष लाभांश नदिने


बैकिङ्ग समाचार ।

सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट कुनै पनि लाभांश नदिने भएको छ । 

कम्पनीको  फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट भने ११ दशमलव ४९ प्रतिशत बोनस शेयर  तथा कर प्रयोजनका लागि शून्य दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

\"\"