यो साता नेप्सेमा डेढ करोडभन्दा बढी कित्ता शेयर थपियो

यो साता नेप्सेमा डेढ करोडभन्दा बढी कित्ता शेयर थपियो

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

यो साता धितोपत्र दोस्रो बजारमा सात कम्पनीको डेढ करोड भन्दा बढी कित्ता शेयर थपिएको छ । अपी पावर कम्पनी लिमिटेड, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, हिमालय डिस्ट्रिलरी, अरुण भ्याली हाइड्रोपावर, एनएलजी इनस्योरेन्स र लक्ष्मी लघुवित्तको शेयर सूचीकृत भएको छ । सूचीकृत भएका सबै कम्पनीको बोनस शेयर रहेको छ । 

कुन कम्पनीको कति शेयर थपियो ? 

अपी पावर कम्पनी 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार अपी पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । उक्त कम्पनीको १७ लाख २० हजार ५६१ दशमलव ५० कित्ता बोनश शेयर सूचीकृत भएको हो ।   

मुक्तिनाथ विकास बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार मुक्तिनाथ विकास बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ४८ लाख ६५ हजार ६१३ दशमलब १७ कित्ता बोनश शेयर सूचीकृत भएको हो । 

कामना सेवा विकास बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कामना सेवा विकास बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ११ लाख १७ हजार ६८३ दशमलब ७९५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

हिमालय डिस्ट्रिलरी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार हिमालय डिस्ट्रिलरीको बोनस शेयर सूचीकृत भएको छ । उक्त कम्पनीको २८ लाख ९२ हजार ३४१ दशमलब २५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

अरुण भ्याली हाइड्रोपावर
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ४ लाख ९९ हजार १६२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

एनएलजी इनस्योरेन्स 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । उक्त कम्पनीकोे ७ लाख १७ हजार २२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

लक्ष्मी लघुवित्त
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । उक्त कम्पनीको ४ लाख १७ हजार ४५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।