मुद्दती खातामा ग्लोबल आइएमई बैंकको ९.७५ प्रतिशत ब्याजदर 

मुद्दती खातामा ग्लोबल आइएमई बैंकको ९.७५ प्रतिशत ब्याजदर 


बैंकिङ्ग समाचार ।

ग्लोबल आइएमई बैंकले ‘ग्लोबल टपअप मुद्दती निक्षेप’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले  ९.७५ प्रतिशतसम्म व्याज प्रदान गर्ने गरी नयाँ योजना ल्याएको हो । 

न्यूनतम दश हजार रुपयाँमा सहभागी हुन सकिने यो योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी रकम राख्न सकिने बैंकले जनाएको छ । 

योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिंग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको बैंकले जनाएको छ ।  

बैंकले हाल देशभर २७० शाखा संजाल, २४९ शाखा रहित बैंकिङ्ग, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।