नेप्सेमा नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन

नेप्सेमा नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य १ हजार ३६४ तोकेको छ । कम्पनीको बिहीवार शेयरमूल्य १ हजार ४४३ मा अन्तिम कारोबार भएको थियो ।  

कम्पनीको यस वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २२ गते १४औं वार्षिक साधारण सभा बोलाएको हो ।

हाल कम्पनीको चुक्तापूँजी ४५ करोड ७२ लाख ९४ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने तयारी गरेको हो ।